कमेरेड हैन ! झोले केपी ओलीको नाममा
प्रजु पन्त प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो ।’ प्रधानमन्त्रीले नै म झोले हो लेखेपछि उनी आबद्ध पार्टीका पदधिकारी देखि कार्यकर्ताले ‘म झोले हो’ भन्ने ट्रेण्ड नै चलाएका छन् । चूडामणि गौतमको ‘बृहत्तर शब्दकोश’ अनुसार झोलेको अर्थ १. ‘झोल भएको; रसदार । २. झोला लिएर वा भिरेर हिड्ने ; मामुली भन्ने जनाउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार मामुलीको अर्थ निम्न तहको, नगन्य, महत्त्वहीन भन्ने जनाउँछ । उनको स्टाटस अनुसार उनले दोस्रो प्रकारका झोले हुन् । कम्युनिष्ट नेतालाई कमरेड भनेर सम्वोधन गरिन्छ । नेता हुन् या कार्यकर्ता सबैलाई समान ठान्ने कम्युनिस्ट सिद्धान्त अनुसार नै सबै कार्यकर्तालाई एक अर्कालाई सम्बोधन गर्दा कमरेड भनेर सम्वोधन गर्थे । एमालेमा पनि एक अर्कालाई सम्वोधन गर्दा कमरेड नै भनिन्थ्यो जब केपी ओली अध्यक्ष भए उनले आफूलाई ‘केपी बा’ भनेर सम्वोधन गर्न लगाए । उनले यसै ‘केपी बा’...