ती राज्यलक्ष्मी यी आरजु : सत्ता गुम्दा ‘शासकका’ श्रीमतीलाई किन खलनायक बनाइन्छ?

By Praju Panta शासक कमजोर हुनुमा उनका श्रीमतीलाई दोष लगाउने प्रचलन नौलो हैन। राजा र प्रधानमन्त्रीले गरेका गलत कामको अपजस बोक्न बाध्य रानीहरू नेपाली इतिहासमा प्रशस्तै भेटिन्छन्। पृथ्वीनारायण शाहकी बुहारी प्रताप शाहकी श्रीमती मात्र नभएर पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दा गाभ्नसमेत गाह्रो मानिएको लमजुङ, कास्की र तनहुँ लगायतका दर्जन भन्दा बढी राज्य गोरखा राज्यमा विलय गराएकी राजेन्द्रलक्ष्मीलाई जहिले पनि बहादुर शाहलाई सत्ताको बागडोर समाल्न नदिएर आफैँ बाठो हुनु परेकी रानी जसरी चित्रित गरिएको छ। उनको आनीबानी स्वभाव अनि राजनैतिक चातुर्यताबारे कमै उल्लेख गरिएको छ। तर त्यसको बेवास्ता गर्दै यदि बहादुर शाहले नायवी भएर शासन चलाएको भए पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तारको अभिभारा अझ राम्रोसँग पूरा हुन्थ्यो भनेर उल्लेख गरिएको छ इतिहासमा। छोरा रणबहादुरका लागि उनले नायवी लिएको राम्रो तर उनले गरेको काम चैँ कसरी गलत। बहादुर शाहलाई बिचरा सम्झने अनि राजेन्द्र लक्ष्मीको सत्ता चलाउने इच्छा चैँ पुरै अनैतिक? अर्को घटना हेरौँ, १९०३ मा सुरु भएको राणा शासन सुरु हुनुमा तत्कालीन राजा राजेन्द...