युवाहरूसँग डराइरहेका प्रधानमन्त्री ओली

प्रजु पन्त एक/दुई वर्षअघिको होइन , ५४ वर्षअघिको कुरा हो। २०२७ साल। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली उमेरले १९ वर्ष मात्रै थिए। पहिलो पटक उनी झापाबाट गिरफ्तारीमा परे। गिरफ्तारीको कारण थियो तत्कालीन सरकार विरुद्ध गतिविधि गर्नु। त्यसपछि केपी ओली धेरै पटक पक्राउ परे। पटक-पटक पक्राउ परेका उनी १४ वर्ष त जेल जीवन नै बिताए। युवा जोसमा सत्ताको विरोध गर्नु मात्रै हैन त्यसका लागि जीवनै दाउमा राख्नु चानचुने काम थिएन , उनले राखे। लोकतन्त्रका लागि लडेको बताउने उनै केपी ओली अहिले सत्ताधारी छन्। तर उनी तिनै युवा जोससँग डराइरहेका छन्। धेरै पर नजाऔँ , उनको पार्टीमा उनको विरोध गर्नेलाई के गरे त्यता पनि नजाऔँ , अहिलेका दुई घटना मात्रै हेरौँ। पहिलो घटना , गौरा पर्वको दिन काठमाडौंका केही युवाले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे। चर्को नाराबाजी गरे पनि शान्तिपूर्ण विरोध गरेका युवाहरूलाई प्रधानमन्त्री ओलीले थुने। लोकतन्त्रमा सरकारको विरोधलाई सामान्य मानिने भए पनि ओलीलाई सामान्य लागिरहेको थिएन , र त उनीहरू थुनिए। सुरक्षा निकायका अधिकारीहरूका अनुसार प्रधा...