Posts

Showing posts from January, 2022

परराष्ट्रका पात्र : पाठक झुक्याउने पुस्तक

Image
    प्रजु पन्त; डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’ पुस्तकको पछाडिको कभरमा लेखिएको छ, ‘यो किताब पढ्दा नेपालको परराष्ट्रका मामिला हालसम्म कस–कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ। विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के–कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्बन्ध सञ्चालनमा कस्तो असर पा-यो भन्नेबारे यो किताबले प्रस्ट्याउँछ।’ नेपालको परराष्ट्र नीति पञ्चशीलको आधारमा चल्ने गरेको भनिए पनि प्रायः विवादमा आइनै रहन्छ। देश अनुसारको व्यवहार हुने गरेको प्रस्टै देखिन्छ। नेपालको परराष्ट्र नीति छिमेकी देश भारत प्रभावित देखिन्छ, कहिले चीन प्रभावित। प्रोटोकल सधैँ विवादमा आउँछ। भेनेजुएलाबारे बोल्ने सरकार छिमेकी मुलुक भारतको कश्मिरबारे सकेसम्म मौन नै रहन रुचाउँछ। पाकिस्तान सार्क क्षेत्रकै मुलुक भए पनि सम्बन्ध सधैँ छायाँमा पर्छ। समग्रमा अन्योलमा देखिन्छ हाम्रो परराष्ट्र नीति र व्यवहार। यस्तो अवस्थामा परराष्ट्रसम्बन्धी लामो अनुभव सँगालेका लेखकको पुस्तक आउनु महत्वपूर्ण पठन सामग्री हुने नै भयो। त्यसैले पुस्तक आउँदा राम्रै चर्चा ...

‘युद्धका ती दिन’ संख्या मात्र थप्ने पुस्तक

Image
प्रजु पन्त;   तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन २ गते ‘जनयुद्ध’का नाममा सशस्त्र द्वन्द्व सुरु ग-यो। द्वन्द्व सुरु गर्नुअघि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले धर्म निरपेक्षता, संविधानसभाबाट संविधान निर्माण, जनवादी गणतन्त्र लगायतका ४० सूत्रीय माग राखेको थियो। अल्टिमेटम दिएको समय पूरा नहुँदै माओवादीले त्यही आधारमा टेकेर सशस्त्र अभियान शुरु गरेको थियो। सर्वहारामुक्ति र गणतन्त्र स्थापनाको अजेन्डा लिएर १० वर्ष चलेको द्वन्द्वमा परेर १७ हजार नेपालीको ज्यान गयो। लाखौँ विस्थापित भए। कयौँ बेपत्ता पारिए, कयौँका अंगभंग भए। राज्य र विद्रोही दुवै पक्षबाट दर्जनौँ गैर न्यायिक हत्या भयो। सशस्त्र द्वन्द्वको उपलब्धि देश राजतन्त्रमुक्त भयो र गणतन्त्रमा प्रवेश ग-यो। राज्यको शासकीय स्वरुप बद्लिएर एकात्मकबाट संघीय प्रणालीमा गयो। जन्मको आधारमा शासन गर्ने प्रणालीको अन्त्य हुँदै जनताका छोराछोरी राष्ट्र प्रमुख हुन सके। ०६२–०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा विद्रोही पक्ष शान्तिपूर्ण राजनीतिमा आए। मुख्य शक्ति शान्तिपूर्ण राजनीतिमा आएसँगै त्योसँगै मिसिएका पत्रकार, कलाकार पनि भूमिगत जीवनशैलीमा मु...

‘कारा’, कथा संग्रहजस्तो उपन्यास

Image
  प्रजु पन्त;   राजा महेन्द्रले २०१७ पुस १ मा बिपी कोइरालाको नेतृत्व सरकारलाई अपदस्थ गरेर पञ्चायती व्यवस्थाको प्रारम्भ गरे। प्रजातान्त्रिक व्यवस्था फर्काउन ३० वर्षसम्म राजनीतिक दल र दरबारबीच द्वन्द्व चलिरह्यो। प्रजातन्त्रका लागि जनताले बलिदान दिइरहे तत्कालीन सरकार दबाउन राज्यको भरपुर स्रोतको दोहन गरिरह्यो। अन्ततोगत्वा जनताको जित भयो र २०४६ मा बहुदलीय व्यवस्था आयो। ३० वर्षे निरंकुश शासन ढाल्न सक्रियहरुले इतिहासलाई लिपिबद्ध गर्दै पुस्तक निकाल्ने क्रम सुरु भयो। कतिले गैरआख्यान लेखे, कसैले आख्यान। ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्ध लडेकाहरुको पुस्तक आउने क्रम अझै जारी नै छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ पञ्चायतको अन्त्यतिरको समय र बहुदलकाल वरपर घुमेको पुस्तक हो। ०४६ मा जेल बस्दा र ३० वर्ष वकालत गर्दाको अनुभवलाई आधार बनाएर लेखिएको पुस्तकले निर्दोषलाई दोषी बनाउने षडयन्त्रको कथा भन्छ। २० अध्यायमा छुट्टाइएको ‘कारा’ उपन्यासको प्रमुख पात्र हुन्, पुष्पा अधिकारी। उनी गाउँको दाइलाई सरकारले बेपत्ता पारेपछि विरोध जुलुसमा सहभागी हुन जाँदा पक्राउ परी दुई वर्ष विराटनग...

पुस्तक दृष्टिः नेपालको चिनारी, सधैँ सान्दर्भिक, उत्तिकै रोचक

Image
प्रजु पन्त   सन् १९५० भन्दा अघिसम्म विश्व मानचित्रमा नेपाल खोज्यो भने भेटिदैनथ्यो। त्यतिञ्जेलसम्म नेपालको भूगर्भको अध्ययन फेला पर्दैन। २६ अक्टोबर १९५० मा तत्कालीन प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराको निमन्त्रणामा टोनी हागनको नेतृत्वमा वाल्टर कस्टर, इमिल रोच, अल डे स्पिन्डलर नेपाल आएपछि भूगर्भको अध्ययन शुरु भएको देखिन्छ। नेपाल सरकारको अनुरोधमा स्वीजरल्याण्डले हागन सहितको टोली नेपाल पठाएको थियो। हागन नेतृत्वको टोली नेपाल आउनुको कारण थियो भौगर्भिक सर्वेक्षण गर्नु। नेपालको पुरै भौगर्भिक सर्वेक्षण गर्ने पहिलो विशेषज्ञ हागन नै हुन्। हागनले नेपालको भौगर्भिक सर्वेक्षण मात्र गरेनन्। सम्पूर्ण नेपालको शिक्षा, स्वास्थ्यको स्तर पनि खुलस्त पारिदिए। भौगर्भिक सर्वेक्षणको क्रममा हागनले नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक विविधता, जातीय विविधतालाई विश्वमाझ चिनाउन उनले उल्लेख्य योगदान गरे। यो पुस्तक हागनले १० वर्षको अवधिमा काम गरेको टिपोट मात्र हैन, नेपाल चिन्ने छोटोमीठो संग्रह पनि हो। उनले ‘नेपालको चिनारी’ पुस्तकमार्फत तथ्य तथ्यांकको अभिलेखीकरण गरी अर्काे ठूलो गुन लगाए। यो नेप...

नेपालीको चिरफार गर्ने पुस्तक

Image
  प्रजु पन्त ;   ‘लेखेको पाइन्छ देखेको पाइँदैन,’ ‘आफ्नो भाग्य उस्तै कस्लाई के भन्नु र ?’ आदि नेपाली समाजमा चलेका भाग्यसम्बन्धीका उखानहरु हुन्। अझै पनि नेपालीहरु भाग्यमा विश्वास गर्छन्। ज्योतिषीलाई चिना देखाउँछन्। भविष्यमा के हुन्छ भनी जान्न चाहन्छन्। भाग्यवादी सोचको कटु आलोचना गर्दै ‘नेपालको मानवशास्त्रीका पिता’ भनेर चिनिने प्राध्यापक डोरबहादुर बिष्टले सन् १९९० मा ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तक प्रकाशन गरे। आलोचना र प्रशंसाका बाबजुद पुस्तक निकै चर्चित भयो। अहिले पनि यो पुस्तकको एक तप्कामा उस्तै आलोचना र समर्थन भइरहेको छ। हालै अनुवादक वसन्त थापाले यस पुस्तकलाई नेपाली अनुवाद गरेका छन्, ‘भाग्यवाद र विकास’को नाममा। सन् १९९५ मा जुम्ला गएका बिष्ट कहाँ हराए, अत्तोपत्तो छैन। उनी हराएको पनि दुई दशक नाघिसक्यो। तर उनले छोडेर गएका पुस्तकहरु अझै पनि चर्चालायक छन्। पुस्तकमा थोरै नेपालीको इतिहास, अनि धेरै नेपालीको सोच व्यवहार, काम गर्ने व्यहोरा, तत्कालीन शासकहरुको रवैयाबारे पुस्तकमा उल्लेख छन्। आठ अध्याय रहेको यस पुस्तकमा नेपाली समाज र शासकको व्यवहारलाई मिहिन ढंगले त केलाएका छन् नै ...