लेखक तारानाथ शर्मासँग कलम छुट्छ त !
साहित्कार तारानाथ शर्मासँग बायाँबाट उनकी श्रीमती शान्ता शर्मा, फोटो पत्रकार कृष्पा श्रेष्ठ, शर्मा अनि म प्रजु पन्त;; काठमाडौ ः ‘नेपाल देखि अमेरीका सम्म’ उपन्यास पढेँ २०६८ सालमा। साइली दिदी प्रतिज्ञाको जोडबलले। मैले उसलाई त्यतिबेला भनेकी थिएँ, ‘उपन्यास त पढ्दिन यार म ।’ दिदीले भनिन् ‘एक पटक त पढ्न तैँले पढिनस् भने पछुताउँछेस्।’ दिदीले नै त्यसो भनेपछि नेपाल देखि अमेरीकासम्म उपन्यास पढेँ। दुई दिनमै सकेँ पनि। साहित्य प्रति रुची नभएको मैले यो उपन्यास भने दुई दिनमै सकेँ। ‘काल्पनीक हुन्छ भन्थिस नी उपन्यास थाहा पाइस् हाम्रै समाजका कतिपय सिधै भन्न नसकिने कुरालाई उपन्यास मार्फत कसरी भन्न सकिन्छ?’ दिदीले मलाई सम्झाइन्। मलाई भने उपन्यासका पात्रले कहिले त्रिभुवन विश्वविद्यालय सम्म पु¥याउँथे कहिले भने देख्दै नदेखेको अमेरीका । साच्चै यो उपन्यास मलाई मन पर्याे त्यतिबेला। साच्चै भन्दा साहित्यीक पुस्तक प्रतिको रुची तारानाथ शर्माको पुस्तकले नै गरेको हो। उपन्यासका पात्रहरु समाजका जिवन्त पात्र हुन् भन्नेमा ‘कन्भीन्स’ भएँ। भलै उपन्यासका नाममा कुण्...