लेखक तारानाथ शर्मासँग कलम छुट्छ त !


साहित्कार तारानाथ शर्मासँग बायाँबाट उनकी श्रीमती शान्ता शर्मा, फोटो पत्रकार कृष्पा श्रेष्ठ, शर्मा अनि म


प्रजु पन्त;;

काठमाडौ  ः ‘नेपाल देखि अमेरीका सम्म’ उपन्यास पढेँ २०६८ सालमा। 

साइली दिदी प्रतिज्ञाको जोडबलले।  मैले उसलाई त्यतिबेला भनेकी थिएँ, ‘उपन्यास त पढ्दिन यार म ।’

 दिदीले भनिन् ‘एक पटक त पढ्न तैँले पढिनस् भने पछुताउँछेस्।’

 दिदीले नै त्यसो भनेपछि नेपाल देखि अमेरीकासम्म उपन्यास पढेँ। दुई दिनमै सकेँ पनि।   साहित्य प्रति रुची नभएको मैले यो उपन्यास भने दुई दिनमै सकेँ। ‘काल्पनीक हुन्छ भन्थिस नी उपन्यास थाहा पाइस् हाम्रै समाजका कतिपय सिधै भन्न नसकिने कुरालाई उपन्यास मार्फत कसरी भन्न सकिन्छ?’ दिदीले मलाई सम्झाइन्।  

मलाई भने उपन्यासका पात्रले कहिले त्रिभुवन विश्वविद्यालय सम्म पु¥याउँथे कहिले भने देख्दै नदेखेको अमेरीका । साच्चै यो उपन्यास मलाई मन पर्याे त्यतिबेला। साच्चै भन्दा साहित्यीक पुस्तक प्रतिको रुची तारानाथ शर्माको पुस्तकले नै गरेको हो। 

उपन्यासका पात्रहरु समाजका जिवन्त पात्र हुन् भन्नेमा ‘कन्भीन्स’ भएँ। भलै उपन्यासका नाममा कुण्ठा लेख्ने जमात पनि सानो छैन। तारानाथ शर्माले साहित्यमा कुण्ठा कमै लेखे भन्ने मलाई त्यतिबेला लाग्यो। एउटै किताब पढेर उनको फ्यान भइदिएँ म। त्यसपछि शर्माका नियात्राले मन तानिरहे।

०००

२०७५ मंशीर तेस्रो हप्ता 

शुक्रबार साप्ताहिकले विवाह विशेषअंक निकाल्ने भयो। तारानाथ शर्माको विवाह बारे अन्तरंग कुराकानी गर्ने जिम्मा सम्पादक केपी ढुंगानाले मलाई दिनु भयो।  म फुरुङ भएँ। ७ वर्ष अघि पढेको नेपाल देखि अमेरीका सम्म पुस्तक सम्झीएँ। 

शर्माको घरमा फोन गर्दा उहाँकी श्रीमती शान्ता शर्माले उठाउनु भयो। भोलीपल्टै आउने निम्तो दिनु भयो। म र फोटोपत्रकार कृष्पा श्रेष्ठ उहाँको घर चावेल पुग्यौँ । आराम गरिरहेका थिएँ शर्मा। हामी आउने बित्तिक्कै खुसी हुँदै बैठक कक्षमा आएँ। 

बैठक कक्षमा शर्माका र अन्य साहित्यकारका समेत फोटा मिलाएर सजाइएको थियो। सजाइएका फोटा मध्ये समूहको फोटो देखाउँदै शर्माले म तिर हेर्दै भनेँ ‘नानीले उ त्यो ग्रुपमा भएको फोटो को को हुन् भन अनि कुरा गरौँला।’

त्यहाँ करिब ५१ जना साहित्यकारका फोटा थिए। त्यो फोटो पत्रकार सूर्य सुबेदीले सृजना र दृष्टीकोण नामक अन्र्तवाताको सङ्ग्रहको लेख्दा बेलाको रहेछ। प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा खिचिएको फोटोका केही साहित्यकारको नाम लिएपछि अड्किए । शर्मा आफैं आएर नाम भन्न थाल्नु भयो।  

शर्मा आफ्ना पहिलेका फोटो हेर्दै नोस्टलजीक हुन्थेँ। कुनबेला कसरी फोटो खिचेको अथ्र्याउथेँ। 

त्यस दिन शर्मासँग झण्डै २ घण्टाकुराकानी गरियो। विवाह विशेषअंक भएकाले शर्माले ख्यालठट्टा धेरै गरे। केही बिर्सिए उनी श्रीमतीको मुख तिर पुलुक्क हेर्थे। श्रीमती शान्ता शर्माले पहिलेका कुरा सम्झाइदिन्थीन्। पाठ्यपुस्तक र साहित्यका गरि २ सय पुस्तक लेखिसकेका शर्मालाई बुढ्यौलीले छपक्कै छोपेको थियो। उनी कुनै कृति लेखिरहेका थिएनन् । कहिले काही मनको संतुष्टीको लागि लेख्ने गरेको बताएका थिए।  

घुँडामा स्टील राखिएकाले शर्मा हिडडुल गर्न सक्दैनथे। श्रीमती शान्ता उनलाई छाडेर निस्कदैनथिइन्। 

ट्याब्लोइड पत्रिका भएकाले प्रश्न पनि पत्रिकाकै प्रकृति अनुसार थियो। एउटा प्रश्न शर्मालाई सोधेँ महिला के हुन् जस्तो लाग्छ तपाईंलाई ?

‘महिला भन्नेबित्तिकै मेरी आमा हुन् भन्ने बुझ्छु । महिला भनेका कुनै पनि स्वार्थ नभएकाहरु हुन् । खाली परिवारको अनि श्रीमान्को स्वार्थ ठूलो मान्छन्।’ शर्माले यसो भनेपछि मैले शर्माका नेपाल देखि अमेरीका सम्मका महिला पात्र सम्झीएँ।

त्यो अन्र्तवार्तामा केही साहित्यका प्रश्न शर्मालाई सोध्दा छोटा उत्तर दिएका थिएँ। 

तपाईं काठमाडौंमा लेखक भनेर नदरिएपछि मविवि शाहको कविता सङ्ग्रहको समालोचना लेख्नुभएको भन्ने भनाइ पनि छ हो ?

त्यस्तो होइन । म शुद्ध नेपाली लेख्नुपर्छ भन्ने पक्षधरको मान्छे हुँ । पहिले पहिलेको कृतिमा हिन्दी शब्दहरु हुन्थे । मलाई भने शुद्ध नेपाली लेख्नुपर्छ भन्ने लाग्ने त्यही भएर समालोचना गरेको हुँ । 

अनि जेल पनि पर्नुभयो है ?

परियो । भैगो यसमा के–के भयो अहिले कुरा नगरौँ तर कुरा के हो भने राजाले लेखेको पनि विरोध गर्नु भनेको प्रजातन्त्रको अभ्यास थियो भन्ने बुझ्नुपर्छ । 

तपाईंले धेरै विधामा कलम चलाउनुभयो । लेख्न भने कुन विधा रमाइलो ?

मलाई नियात्रा मन पर्छ । नियात्रा लेख्दा त्यो ठाउँको वर्णन, त्यहाँको रहनसहन अनि आफूलाई लागेका कुरा लेख्न पाइन्छ । 

कुराकानी गरिसकेपछि फोटो खिच्नेबेला रोमान्टीक मुडमा प्रस्तुत भए शर्मा। फोटो खिचसकेपछि फोटो पत्रकार कृष्पा श्रेष्ठले शर्मालाई सोधीन् हजुरहरु कहिल्यै झगडा गर्नु भएन ? 

तारानाथ शर्मा बोल्नु अगावै उनकी श्रीमती शान्ता शर्माले भनिन् जति बेलै किताबमा ध्यान हुन्थ्यो कतिबेला रिसाउनु ? झगडा गर्नु ?’ त्यसपछि ताना शर्माले मुस्कुराउँदै भनेका थिए ‘हामी त झगडा कहिल्यै गरेनौँ।’

हिड्ने बेला शर्माले सानो नोट बुक निकाले। क्लम खोजे। खल्ती तिर छाम्दा नभेटेपछि कलम कता गएछ भनेर खोज्न थालेँ। मैले म सँग भएको कलम दिएँ। शर्माले भने मैले लिएको कलम लिएनन् र खोजीरहेँ। हाफ ज्याकेटको खल्तीमा परेछ कलम। केही बेर पछि कालो कलम निकाल्दै शर्माले भने, ‘तारानाथ शर्मासँग कलम हुँदैन त ?’ शर्माको बानी को को सँग भेटेँ सानो डायरीमा टिपेर राख्ने रहेछ। उनले हाम्रो नाम दोहोराएर सोधेँ। अनि लेखे।

००

२०७५ साल फागुन ११ गते 

तारानाथ शर्माको  अत्यन्तै घनिष्ठ मित्र भाषा विद्ध बालकृष्ण पोखरलेको निधन भयो। तारानाथलाई भेट्न उनको निवास पुगेँ। बालकृष्ण पोखरेलको कुरा गर्ने बितिक्कै गह भरी आसुँ बनाउँदै शर्माले भनेका थिएँ ‘अब मेरो साथी मलाई भेट्न आउँदैन।’ यति भनेर आसुँ बगाएका शर्मा धेरै बेर केही बोल्न सकेनन् । श्रीमती शान्ताले भनिन् ‘म भान्सामा काम गरिरहेकी थिएँ। फोन आएछ बालकृष्ण बित्नु भएको।सिधै उहाँले नै सुन्नु पर्याे त्यसपछि उहाँका आँखा ओभाना छैनन्।’

झर्राेवादी भाषाका अभियानका बेला उनीहरु कसरी काम गरेका थिएँ सम्झिएँ शर्माले अन्तयमा उनले भनेका थिए ‘बालकृष्ण जहाँ भएपनि मेरो मिल्ने साथी।’

 ८७ वर्षको उमेरमा अस्ताएका शर्मा 

आज शर्माको निधन भएको खबर मदन पुरस्कार गुठीले ट्वीट गर्याे। ‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना सर्मा (१९९१।०३।०९–२०७८।११।०३) प्रति हार्दिक श्रद्धा।

“म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँ, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ... तिनका वरिपरिका बाजाहरू सनाई र कर्नाल हुन्थे...“’

शर्मा प्रति मेरो पनि श्रदाञ्जली। उनको झर्राेबादी नेपाली भाषाको आन्दोलन बारे सहमत असहमत हुन सकिएला। उनका कालजयी कृति र नेपाली शिक्षामा उनले लगाएको गुन कहिल्यै भुल्न सकिदैन।

सिर्जना र दृष्टीकोण पुस्तकमा पत्रकार सुर्य सुबेदीले शर्माबारे लेखेका छन् ।

वि.सं. १९९१ साल असार ९ गते इलामको बरबोटेमा जन्मिएका तारानाथ शर्मा विद्यार्थी अवस्थादेखि नै लेख लेखेर छपाउने गर्थे । वि.सं. २०१३ सालमै बालकृष्ण पोखरेल, कोशराज रेग्मी, बल्लभमणि दाहाल, चूडामणि रेग्मी र गणेश भण्डारीसहितको संलग्नतामा ’नौलो पाइलो’ भन्ने साहित्यिक पत्रिका बनारसबाट प्रकाशित गरेर ’झर्रोवादी’ आन्दोलन चलाएका थिए तारानाथहरूले ÷ झर्रोवादी आन्दोलनको मुख्य उद्देश्य थियो नेपाली भाषाका ठेट शब्दहरूलाई चलनचल्तीमा ल्याउने र नेपाली भाषाको चिनारी कायम राख्ने । झरों क्षेत्री भनेजस्तै झर्रो शब्दले नेपाली मौलिकता दर्शाउँछ भन्ने झर्रोवादीहरूको तर्क छ । यस आन्दोलनसँगै तारानाथले आफ्नो चिनारी बनाएका थिए ।

सन् १९५९ मा भारतको पटनाबाट अङ्ग्रेजीमा एम.ए.. सन् १९६६ मा बेलाइतको युनिभर्सिटी कलेज अफ नर्थ वेल्सबाट पोष्ट ग्राजयुएट डिप्लोमा, सन् १९७७ मा अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन–म्याडिसनबाट भाषाविज्ञानमा एम.ए र सन् १९८० मा युनिभर्सिटी अफ विसकवसिन–म्याडिसनबाट भाषा विज्ञानमा पीएच.डी गरेका तारानाथ शर्मा अत्यन्तै लब्धप्रतिष्ठ लेखक हुन् ।

शर्माले सोहसयभन्दा बढी साहित्यिक लेखरचना प्रकाशित गरिसकेका छन् । उपन्यास, कथा, निबन्ध, समालोचना र यात्रासंस्मरण समेत विविध विषयका पुस्तकले नेपाली साहित्य भण्डारमा ठूलो अर्थ राख्छन् । शर्माको घोल्ल्याइँहरू भन्ने समालोचना बेलाइततिर बरालिँदा र पाताल प्रवास’ समेतका यात्रासंस्मरणहरू अत्यन्तै लोकप्रिय छन्। 

 मेरो कथा, सुली, झल्को अमेरिकासम्म र ठोसेदेखि जिरीसम्म समेत प्रकाशित छन् । कथा मा दुई कुरा प्रकाशित छ । समालोचनात्मक र समीक्षात्मक कृतिहरूमा घोत्लयाइँहरु,पश्चिमाका केही महान साहित्यकारहरू, नेपाली साहित्यको इतिहास, भानुभक्तदेखि तेस्रो समका कृतिसमेत प्रकाशित छन् । निबन्धमा नमस्ते श्रद्धा सुमन, सुनिएका ध्वनि, आँसु छचल्किंदै जान्छ समेत प्रकाशित छन् । उनका पाठ्य पुस्तकहरू पनि प्रकाशित छन् ।

 शर्मालाई हार्दिक श्रद्धाअञ्जली। 

शुक्रबार साप्ताहिकमा लिएको अन्र्तवार्ताको लिंक 

https://shukrabar.nagariknetwork.com/news/4276



Comments

Popular posts from this blog

सौरभको ‘असहमती ३' मा मेरो असहमती

क्या साह्रो डरा’का यार केटाहरू त !

पुस्तक दृष्टिः नेपालको चिनारी, सधैँ सान्दर्भिक, उत्तिकै रोचक