झाँसीकी रानीझैँ बहादुर राजेन्द्रलक्ष्मीलाई साहसीको सट्टा इतिहासकारले उताउली बनाए

BY PRAJU PANTA भारतको झाँसीकी रानीबारे पढेर उत्साहित हुने नेपालीहरूका माझ राजेन्द्रलक्ष्मी शाह भने खलनायकको रूपमा चित्रित छिन्। इतिहासकारहरूले अन्य रानीहरूभन्दा राजेन्द्रलक्ष्मीलाई केही स्थान दिएका छन्। उनीबारे पाठ्यपुस्तकमा ४ लाइन भए पनि पढ्न पाइन्छ। तर व्याख्या भने पृथ्वीनारायण शाहको ‘ राज्य एकीकरण’मा बाधा दिने महिलाको रूपमा। उनलाई बाधकको रूपमा उल्लेख गर्दागर्दै पनि इतिहासका पानामा सुरक्षित उनका बहादुरीको गाथाले उनी नेपालकी झाँसीकी रानीभन्दा कम हैनन् भन्ने पुष्टि गर्छ। तै पनि एकाथरी इतिहासकारहरूले बहादुर शाहलाई राज्य सञ्चालनको अधिकार नदिएर एकीकरण अभियानमा बाधा दिएको, पारिवारिक कलहमा अल्झाएको अनि श्रीमान्को मृत्युपछि पुरुषको सिको गर्दै सैनिक पोसाक लगाएर घोडा चढेर डुल्ने अनि प्रेमी बनाउने गरेको भन्दै उनको योगदानलाई छायामा पार्ने प्रयास गरियो। प्रयास अझै जारी छ। राजेन्द्रलक्ष्मीको शासन गर्ने स्वभाव पो थियो की? बहादुर शाहमा जस्तै राष्ट्रभक्ति भावना पो थियो की? अझ देशको सिमाना फैलाउने रहर पो थियो की? भन्ने पाटोतिर कमै इतिहासकार प्रवेश गरेका छन्। तर इतिहासका जानकारहरूले पृथ्वीनारायण ...