सुश्री पारिजात : पुरुषहरूको घेराबन्दीमा रहेर पनि पितृसत्तालाई बिझाइरहेकी पारिजातको थुपारिएको जीवनी


 BY PRAJU PANTA

पारिजातको जीवनी भनेर दावी गरिएको गोविन्द गिरी 'प्रेरणा'को 'सुश्री पारिजात' किताब बजारमा आइसकेको छ। यो किताबलाई लेखक प्रेरणाले दुई दशक अध्ययन अनुसन्धान गरेर लेखेको भन्दै महत्त्वका साथ प्रचार गरेका छन्। 

त्रिविका अवकाशप्राप्त लेखापाल तथा लेखापरीक्षक र अहिले जीवन बीमाका विक्रेता प्रेरणा दुई दर्जन पुस्तकका लेखक र उत्ति नै पुरस्कारले सुशोभित लेखक पनि हुन्। जीवनीमा भने उनको यो पहिलो कृति हो।

गिरीले विभिन्न व्यक्तिहरूसँग अन्तर्वार्ता, पारिजातकै प्रकाशित अन्तर्वार्ता, पारिजातका पुस्तक, पारिजातका विभिन्न लेख तथा पारिजातबारे प्रकाशित विभिन्न कालखण्डका संस्मरण, व्यक्ति परिचयलाई आधार बनाएर चार सयभन्दा बढी (पारिजातका फोटाहरूसहितको पृष्ठ जोड्दा) पृष्ठको किताब पाठकमाझ थुपारेका छन्।

थुपारेको किन भने गिरीले लेखक पारिजातभन्दा हठी, घमण्डी, रोगी, कुलतमा परेकी, विवाह नगरेकी र प्रेम पनि पाउन नसकेकी पारिजातलाई व्याख्या गर्न उद्यत देखिएका छन्।

गिरीको व्याख्यामा उनको पितृसत्तात्मक सोच यसरी हावी भएको छ कि पाठकहरू धेरै ठाउँमा लेखकप्रति क्रुद्ध हुन्छन्।

पुस्तकको पृष्ठ ३ मा गिरी लेख्छन्- '... ब्रिटिश शासन कठोर थियो। चियाकमनामा पनि उनीहरूले शोषण र दमन गर्थे। नारीको अस्मिता र पुरुषको इज्जत सधैँ धरापमा थियो।'

पारिजातको पहिलो प्रेमका बारेमा उनले बारबार उल्लेख गरेर पारिजात प्रेममा असफल महिला हुन् भन्ने भाष्य स्थापित गरेका छन्। जबकि, पारिजातलाई प्रेम गरेको बहानामा आपराधिक तहमा ‘यौन सम्बन्ध’ राखेका विमल चापागाईँप्रति भने लेखक गिरी नरम देखिएका छन्। जबकि, पारिजात स्वयंले त्यसलाई बलात्कार भनेकी छिन्।

ब्रिटिशहरूको शोषण र आपराधिक कर्मलाई गिरीले महिलाको अस्मिता र पुरुषको इज्जत धरापमा परेको रूपमा अर्थ्याएका छन्। ब्रिटिशको अमानवीय र आपराधिक व्यवहारलाई, पीडित भएका महिलालाई ‘अस्मिता’ धरापमा परेको रूपमा उनले सामान्यीकरण गरेका छन्। 

अनि महिलाको ‘अस्मिता’माथि पुरुषको ‘इज्जत’ रहेको ठान्ने पुरातन सोच आज पनि अपराधको व्याख्यालाई सामान्यीकरणका लागि गिरीले प्रयोग गर्नुले उनी महिलामाथि हुने हिंसा र समग्र महिलाकै अस्तित्वबारे के सोच्छन् भनेर पछिल्ला पृष्ठमा अझ दिक्कलाग्दो तरिकाले आउँछ।

पारिजातले बलात्कार करार गरेकी पात्रलाईं लेखकको ‘एक्सयुज’ 
पुस्तकमा एउटै कुराहरू दोहोरिएका छन्। लेखक गिरीले पुस्तकको पृष्ठ बढाएर प्रकाशक र पाठकको खर्च अनि आफ्नो रोयल्टी बढाउने काम चलाखीपूर्ण तरिकाले गरेका छन्।

पारिजातको पहिलो प्रेमका बारेमा उनले बारबार उल्लेख गरेर पारिजात प्रेममा असफल महिला हुन् भन्ने भाष्य स्थापित गरेका छन्। जबकि, पारिजातलाई प्रेम गरेको बहानामा आपराधिक तहमा ‘यौन सम्बन्ध’ राखेका विमल चापागाईँप्रति भने लेखक गिरी नरम देखिएका छन्। जबकि, पारिजात स्वयंले त्यसलाई बलात्कार भनेकी छिन्।

पृष्ठ १२१ मा लेखिएको छ- ‘... आफूलाई विवश भएर एउटा पुरूषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिनुपर्दा ममा यही अमानवीय किसिमको धारणा विद्यमान थियो। यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला। तर त्यसो हुन सकेन। एकातिर म अति सङ्कोचशील र विवश। अर्कातिर ऊ अति कामुक, असभ्य र परपीडक। अनि जटिलता त आउने नै भयो। ती सम्पूर्ण यौन सम्बन्धको अवधिभरि मैले कहिल्यै पनि सुख प्राप्त गरिनँ। सहवासको क्रम सिद्धिइसकेपछि म सधैँ शारीरिक साथै मानसिक पीडाले शिथिल हुन्थेँ। ऊ स्वाभाविक उत्तेजनामा आउँदा म सधैँ डर, त्रास, अपमान र दुःखले अधमरो भइरहेकी र यो कुरा मैले उसलाई कहिल्यै भनिनँ पनि बरू छुटकाराको बाटो खोजिरहेँ। अझ पनि म भन्छु, त्यो सम्बन्ध दुई नर र नारीबीच प्रेमपूर्वक भएको यौनक्रीडा थिएन। त्यो त मेरा निम्ति सधैँसधैं एउटा प्रतिरोधहीन बलात्कार सिद्ध भएको छ।’

पारिजात स्वयंले लेखेको चिठी पढ्ने लेठो सङ्ग्रौलाले नगरेका हुन् कि पढेर पनि उनले पारिजातको अनुभूतिलाई नपत्याएका हुन्? गिरीले पनि यस कुरालाई व्याख्या र विश्लेषण गर्नु जरुरी ठानेनन्, केवल पारिजातको प्रेम सफल हुन नसकेको रूपमा मात्रै व्याख्या गरे।

त्यही पृष्ठमा गिरी विमल चापागाईँलाई सफाई दिँदै उल्टै 'विचरा' पात्र बनाउँछन्। उनी लेख्छन्- ‘...पारिजातले विवाहको लागि विमललाई भन्न थालिन्। विमलले पारिजातबाट यति छिट्टै विवाहको कर गराइहोला भन्ने सोचेका थिएनन्... दिनरात विवाहको कर गर्न थालेपछि विमल उदास र निराश हुँदै गए। उनलाई कसरी पारिजातबाट छुटकारा पाउने होला भन्ने मात्र सिङ्गो चिन्ता र चिन्तन भयो।’

विमललाई पारिजातले विवाह गरौँ भन्दा विमललाई चिन्ता र चिन्तन भएको महसुस गरेर व्याख्यासहित टिप्पणी गरेका गिरीले पारिजातलाई यौन सम्बन्ध राख्दा असैह्य भएको पीडाको महसुस गर्न सकेको देखिएन। 

उनले त्यसमाथि कसैको टिप्पणी लिनु पनि जरुरी ठानेनन्। पारिजातले महेश मास्केलाई कस्तो अवस्थामा त्यो पत्र लेखिन् होला? मास्केले के जवाफ दिए होलान्? के मास्केलाई त्यो पत्रले गलाएन होला? 

हुन त विमलसँगको कुरालाई आज पनि प्रगतिशील लेखकहरूले अति सामान्यीकरण गरिरहेका छन्। पोखरामा एक कार्यक्रममा मास्केलाई लेखेको चिठी प्रकाशित भएको वर्षौ हुँदा पनि खगेन्द्र सङ्ग्रौलाले अति हल्का रूपमा विमलले धोका दिएको, प्रेममा भएको असहमति र नितान्त व्यक्तिगत भन्दै टिप्पणी गरे।

पारिजात स्वयंले लेखेको चिठी पढ्ने लेठो सङ्ग्रौलाले नगरेका हुन् कि पढेर पनि उनले पारिजातको अनुभूतिलाई नपत्याएका हुन्? गिरीले पनि यस कुरालाई व्याख्या र विश्लेषण गर्नु जरुरी ठानेनन्, केवल पारिजातको प्रेम सफल हुन नसकेको रूपमा मात्रै व्याख्या गरे।

यसबाट पनि के प्रष्ट हुन सकिन्छ भने यदि लेखकमा पितृसत्तात्मक सोच हावी हुँदैनथ्यो भने विमललाई छुट्कारा चाहेका विचरा पात्र र पारिजातले जसरी पनि त्यही विमल नै चाहेको ‘कर’ अर्थात जिद्दी गर्ने पात्रको रूपमा देखाउने थिएनन्।

पारिजातप्रति साहित्यकारहरूको ‘अराजक’ व्यवहार
पारिजातबारे लेखिएकासहित पारिजातलाई नजिकबाट चिन्ने व्यक्तिसँग कुराकानी समेत गरेर लेखक गिरीले किताबलाई मजबुत बनाउने प्रयास गरेका छन्। पारिजातबारे थाहा नपाएका कतिपय कुराहरू यस पुस्तकमार्फत थाहा पाउन सकिन्छ।

अन्य लेखक तथा साहित्यकारले पारिजातलाई कसरी हेर्थे? उनीहरूले पारिजातलाई लेखकको रूपमा सम्मान गर्थे कि एक महिलाको रूपमा हेर्थे भन्ने पनि छर्लङ हुन्छ यो किताबबाट।

दार्जिलिङको खुला वातावरणमा हुर्केकी पारिजात साहित्यकारहरू मध्यरातमा रक्सी नै पिएर गए पनि न्यानो आतिथ्य दिएको पढ्दा पारिजात खुला हृदयकी थिइन् भन्ने बुझ्न गाह्रो पर्दैन। 

रक्सी खाएर मध्यरात पारिजातको घर जाने, कविता सुनाउन अड्डी कस्ने साहित्यकारको अराजक व्यवहार पनि पुस्तकमा गिरीले पस्किएका छन्। 

कम्युनिष्ट विचारधारासँग नजिक पारिजातको साहित्यिक सिर्जनालाई प्रगतिशीलको पगरी गुथेकाहरूले भने बुर्जुवाको बिल्ला भिराएर अनावश्यक ‘टर्चर’ दिएको देखिन्छ।

नाम चलेका साहित्यकारहरू बेला न कुबेला गइदिँदा पारिजातले पुतलीसडकको डेरा नै सर्न परेको थियो। ती लेखकहरूलाई कहिल्यै पनि नैतिक चरित्रको कसीमा व्याख्या गरिएनन्, बरू अहिले पनि त्यसलाई किस्साका रूपमा रमाउने जमात ठूलै छ।

‘शिरिषको फूल’ उपन्यासमा भूमिका लेखिदिएकै आधारमा शङ्कर लामिछानेले यो किताब लेखिदिएको भनेर हल्ला चलाउने नेपाली साहित्य वृत्तमा यो किताबले दिएको प्रष्टीकरणले भने पारिजातले कति मिहिनेतका साथ लेखेकी थिइन् भन्ने पनि बुझाउँछ। 

यसको श्रेय गिरीलाई दिनु नै पर्छ।

पारिजातको सिर्जना ‘मार्ने’ प्रगतिशील लेखकहरू 
साहित्यकारको कुन कृति उत्कृष्ट, कुन निकृष्ट त्यो पाठकको हातमा गएपछि थाहा हुने कुरा हो। 

अधिकांशले शिरिषको फूललाई उत्कृष्ट भन्ने गर्छन्। प्रगतिशील साहित्कार जमातले भने शिरिषको फूललाई निशस्रवादी, निराशावादी र भुईँमान्छेलाई छुन नसकेको भन्दै चरम विरोध गरेको देखिन्छ। 

कम्युनिष्ट विचारधारासँग नजिक पारिजातको साहित्यिक सिर्जनालाई प्रगतिशीलको पगरी गुथेकाहरूले उनको सिर्जनालाई भने बुर्जुवाको बिल्ला भिराएर अनावश्यक ‘टर्चर’ दिएको देखिन्छ।

त्यसरी टर्चर दिनेमा दिनरात पारिजातकै छत्रछायामा रहेका निनु चापागाईँ समेत रहेछन्। सामुन्नेमा नभनेर छद्म नाममा निनु चापागाईँले लेख छपाएर पारिजातको निन्दा गरेका छन् र त्यो कुरा थाहा हुँदा पनि निनु चापागाईँ प्रवृतिलाई कसैले प्रश्न गरेन। 

यसको विस्तृत वर्णनले प्रगतिशील लेखकका सङ्किर्ण प्रवृति उजागर गरेर गिरीले पाठकलाई गुनै लगाएका छन्। 

प्रगतिशीलताको कसीमा उनीहरूले पारिजातलाई अति निर्मम भएर मूल्याङ्कन गरेका छन्। र, उनीहरूको त्यस किसिमको व्यवहार आलोचना नभई पारिजातलाई प्रताडना र निस्तेज गर्न लागि परेको देखिन्छ। 

निनु चापागाईँ छद्म नामको सहारामा ‘बैंसको मान्छे’ उपन्यासको चर्को आलोचना गर्दै पारिजातको व्यक्तित्वमा हमला गर्छन्- ‘पारिजात जनताको भलाइको कुरा गरेर जनतालाई तुच्छ, नीच ठान्ने एक जना चरम व्यक्तिवादी, अराजक, घणित लेखिका हुनुहुन्छ।.. प्रगतिशील लेखकले आफ्नो साहित्यलाई वर्गीय आधारमा हेर्ने गर्छ। ऊ अस्तित्वको चेतनालाई निर्धारित गर्छ र वर्गीय टक्कर अनि राष्ट्रिय अनि राष्ट्रिय सङ्घर्षका वस्तुगत तथ्यहरूले आफ्नो विचार एवंम् धारणाहरूलाई निर्धारित गर्छन् भन्ने सोच्छन्।’ पृष्ठ १६५ । 

शिरिषको फूल अनुवाद गर्नेलाई सीआएको एजेन्टको रूपमा चित्रित गरी पारिजातलाई प्रगतिशील लेखक जमातले पारिजात प्रगतिशील नभएको दलिल पेस गरिरहन्छन्। 

पारिजातको व्यक्तिगत विचारलाई महत्त्व नदिने, कसैले निर्धारण गरिदिएको वाद वरपर भएर लेखिए प्रगतिशील नत्र तुच्छ र निच ठानेर किताबको समीक्षा गरेका निनुले पारिजातको सिर्जनाको मात्र नभएर पारिजातको व्यक्तित्वप्रति पनि अनुदार भएको देखिन्छ। 

निर्धारित वादभित्र अडेर नलेख्ने पारिजात स्वच्छन्द भएर लेख्न नदिने प्रगतिशील साहित्यकारबारे यस पुस्तकले गतिलै चिरफार गरेको छ। लेखाइलाई निश्चित वादभित्र राख्न रुचाउने प्रगतिशील साहित्यकारको मुखुण्डो उतार्न भने यो पुस्तक सफल भएको देखिन्छ।

पारिजातको व्यक्तिगत जीवनमा समेत घुसेर कसको पुरस्कार लिने, कसको नलिने, कुन पुस्तक अनुवाद गर्ने, कुन नगर्ने जस्ता कुरामा निरन्तर दबाबमा राखेको देखिन्छ प्रगतिशील भनिएका लेखकहरूले। 

शिरिषको फूल अनुवाद गर्नेलाई सीआएको एजेन्टको रूपमा चित्रित गरी पारिजातलाई प्रगतिशील लेखक जमातले पारिजात प्रगतिशील नभएको दलिल पेस गरिरहन्छन्। 

पारिजात भने आफूलाई प्रगतिशील करार गर्न आफ्नो जीवनकालभरि लागेको देखिन्छ। 

पुरुषहरूको घेराबन्दीमा पारिजात
दक्षिण एसियामा महिलाहरूलाई पुरुषले कुनै कुनै रूपमा घेराबन्दीमा पारेका हुन्छन् नै। सानोमा बाबु र दाइको, विवाहपछि श्रीमान्‌को र त्यसपछि छोराको घेराबन्दीमा परेका हुन्छन् महिलाहरू। 

प्रेम गरेर विवाह नै गर्ने सोच बनाएकी भनिएकी पारिजातलाई विमलले बिनाकारण छोडेको देखिन्छ। पारिजातकै भाषामा भन्दा पारिजातलाई शारीरिक रूपमा कष्ट हुँदा पनि यौन सम्बन्धमा आफूले मात्र खुशी खोजेका विमलले पनि पारिजातलाई प्रयोग नै गरेको देखिन्छ।

हुन त कतिपयले पारिजातलाई समाजले निर्धारण गरेको ‘नियम’भन्दा माथि उठेर स्वच्छन्द लेखकको रूपमा पनि जीवन जिएको मान्छन्। 

तर, पारिजातको जिन्दगी आफूले चाहेको भन्दा पनि अरूले चाहेको जसरी पो चलेको हो कि जस्तो देखिन्छ किताब पढ्दा।

पारिजातका बुबा चिकित्सक थिए। पारिजात रोगी थिइन्। पारिजातका बाबुले आफूबाहेक अन्य चिकित्सकलाई देखाउँदा आफ्नो अपमान हुने ठान्दा उनी समयमै उपचार पाउनबाट बञ्चित भइन्। 

उल्टो उनका बाबुले पारिजातको शरीरलाई प्रयोगशाला बनाए। उनले विभिन्न औषधिहरू पारिजातको शरीरमा परीक्षण गरे। जसले पारिजातको शरीर जीर्ण हुँदै गयो।

त्यस्तै पारिजातले आफ्नो प्रेम सम्बन्धलाई खुबै चर्चा गरेकी छन् विभिन्न अन्तर्वार्तामा। प्रेरणाले यसलाई गतिलै स्थान दिएका छन् पुस्तकमा।

तर, प्रेम गरेर विवाह नै गर्ने सोच बनाएकी भनिएकी पारिजातलाई विमलले बिनाकारण छोडेको देखिन्छ। पारिजातकै भाषामा भन्दा पारिजातलाई शारीरिक रूपमा कष्ट हुँदा पनि यौन सम्बन्धमा आफूले मात्र खुशी खोजेका विमलले पनि पारिजातलाई प्रयोग नै गरेको देखिन्छ।

एउटा तथ्य के पनि हो भने पारिजातले जति आलोचना नेपाली साहित्यमा कमैले झेलेका हुनसक्छन् तर फेरि पनि निरन्तर लेखिरहने पारिजातको उच्च मनोबलको चर्चा सधैँ छायामा छ।

पारिजातलाई प्रगतिशील साहित्कार भनिएकाहरूले पनि वैचारिक रूपमा अन्याय गरेको देखिन्छ। प्रगतिशील पुरुष साहित्यकारको घेराबन्दीमा परेकी छन् उनी। 

उनका सिर्जनालाई बुर्जुवाको आरोप लगाइनु, प्रगतिशीलले निर्धारण गरेभन्दा बाहिर गएर लेखे त्यो सत्ताको हुने, जन्मदिन मनाउँदा समेत गाली गर्ने, उपचार र खाना खर्च नहुँदा सहयोग चाहिँ नगर्ने तर कृतिलाई अनुवाद गरी बेच्दा सीआइएको एजेन्टसम्म भनेको देख्दा घरदेखि साहित्यिक फाँटसम्म पारिजात पुरुषहरूको घेराबन्दीमा रहेको पुष्टि हुन्छ।

पारिजातमा पनि आम मान्छेमा हुने स्वभावजन्य कमीकमजोरी थुप्रै थिए। त्यो कुरा गिरीले लेख्नुअघि पनि थुप्रैले लेखिसकेका थिए। 

विशेषतः उनले आलोचना सहनै नसक्ने पात्रका रूपमा उनलाई लेखिँदै आएको छ। यसको जवाफ दिन पारिजात उपस्थित छैनन् र उपस्थित पात्रहरू निरन्तर यो कुरालाई यसरी दोहोर्याइरहेका छन् कि यो नै पारिजातको मूल व्यक्तित्व थियो।

तर, एउटा तथ्य के पनि हो भने पारिजातले जति आलोचना नेपाली साहित्यमा कमैले झेलेका हुनसक्छन् तर फेरि पनि निरन्तर लेखिरहने पारिजातको उच्च मनोबलको चर्चा सधैँ छायामा छ।

गिरीले पनि त्यसमा प्रकाश पार्ने कष्ट गरेको देखिएन।

५ फागुन, २०७९, १०:०७:०० मा ukeraa.com मा प्रथमपटक प्रकाशित

https://ukeraa.com/news/2023-02-17/2/17/29794/

Comments

Popular posts from this blog

सौरभको ‘असहमती ३' मा मेरो असहमती

Impact of exports on gross domestic product in Nepal

Paper Review : Dean Yang's paper, "Migrant Remittances”