बौद्ध मार्गीको अष्टमहास्थान केही कथ्य केही तथ्य- ज्ञानको प्यासले बुद्ध बनेका राजकुमार सिद्धार्थ

प्रजु पन्त त्यो कुनै मामुली त्याग थिएन। कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले सदाको लागि राजसुख त्याग्दै थिए ।राजसुख मात्रै होइनछोरा राहुल लिएर निदाइरहेकी श्रीमती यशोधरा,बुबा शुद्धोदन र कान्छी आमा प्रजापतीलाई समेत त्याग्दै थिए। कपिलवस्तु जस्तो सम्पन्न राज्य सदाको लागि त्याग्नु सानो कुरा थिएन । किनभने शुद्धोदन पछि राजा उनै हुने थिए । सत्ता र सुखको लागि आज मात्रै होइन बुद्धकालमा पनि युद्ध हुन्थयो नै तर ज्ञानको भोकले तिर्खाएको ‘भोकोलाई’ सत्ताको के मतलव ? ज्ञानको प्यासले सम्पत्ति सुख, यौन सुख, शत्ती सुख, सम्बन्ध सुख उनका लागि फिक्का फिक्का हुन थालेको धेरै भइसकेको थियो । अन्तत भब्य दरबारको सुखसयल छाडेर सिद्धार्थ गौतम दक्षिण तिर हानिए । त्यतिबेला न त नेपाल भन्ने देश थियो न त भारत भन्ने देश नै । त्यतिबेला त कपिलवस्तु भन्ने ठूलो राज्य थियो ।सिद्धार्थ गौतम त्यही देशका राजकुमार थिए अथार्त हुने वाला राजा । यो एक शताब्दी दुई शताब्दी अघिको कुरा होइन । आजभन्दा झण्डै २६ सय वर्ष अघिको कुरा हो । राजा शुद्धोदन तत्कालिन गणराज्य कपिलवस्तुका राजा थ...