आशा सफू कुथि जहाँ पाइन्छ ८ सय वर्ष अघिका पुराना दस्ताबेज
२०४४ साल मंसिर २१ गते प्रेमबहादुर कंसकारले बडो दुख गरेर खोलेका थिए आशा सफू कुथि । आशा सफू कुथि बारे जान्नु अघि प्रेमबहादुर कंसाकार को थिए बाट शुरु गरौँ प्रजु पन्त सधैँ झै त्यो दिन पनि वसन्तपुर दरबार क्षेत्रमा सबेरै उठेर हिडेका थिए प्रेमबहादुर कंसकार । केही स्थानियले पुराना कागजातहरु विदेशीलाई महंगो मूल्यमा बेचेको देखे । पद्मोदयमा लामो समय देखि पढाइरहेका कंसकारलाई पूराना कागज अनि दस्तावेजको महत्व थाहा नहुने कुरै भएन । उनले सोचे, 'स्थानियको घरमा जति छन् त्यो सबै पूराना कागजात संकलन गर्ने ।' त्यहि दिन देखि उनले पुराना कागजात तथा दस्तावेज संकलन गर्न थाले । पञ्चायतकालको समय, स्वतन्त्र पूर्वक लेख्न पढ्न पाइने अवस्था थिएन । उनी राजा महेन्द्रले शाही 'कु' गरेर सत्ता हत्याएको विरोधमा त थिए नै त्यसमाथि उनको पृश्ठभूमिले पनि उनी प्रति पञ्चायती सरकारले तारो बनाइरहेको थियो । पुराना दस्ताबेज संकलन गर्न थालेको धेरै भएकै थिएन । २०३० साल भदौ १५ गते पुराना बहुमुल्य सामाग्री संकलन गरेको अनि मूर्तिचोरको आरोपमा कंसाकारलाई गिरफ्तार गरियो । नया...