चिन्नै बाकी रहेको चीन!

प्रजु पन्त 

चीनको नाम मैले पहिलोपटक राष्ट्र कवि माधवप्रसाद घिमिरेको “गाउँछ गित नेपाली’’ कवितामा ‘भिर्कुटी तारा उदाइन उत्तर चीन तिब्बत’ भन्ने पंक्तिमा  सुनेको थिएँ । यो कविता व्याख्या गर्दै नेपाली शिक्षक केदार दबाडी सरले नेपालको उत्तरी भेगमा नेपाल भन्दा ६५ गुणा ठूलो देश रहेको बताउनु भएको थियो। तीनताका लमजुङको हिमालचुली तिर हेरेर यही पारी चीन होला भनेर सोच्थें म। लाग्थ्यो कत्रो होला त्यो देश!   त्यसपछि लक्ष्मी प्रसाद देवकोटाको ‘के नेपाल सानो छ’ भन्ने निबन्ध सरले पढाउदा  चीन / तिब्बत र भारत जति ठूलो भएपनी   आत्मसम्मन र स्वभिमानमा देश ठूलो सानो हुन्न भन्नुभएको थियो।  भीमकाय चीनबारे मेरो  धारणा त्यही बेला फेरिएको थियो । निबन्धको  ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ ।’ यो पढेर भुगोलमा सानो हुँदैमा केही नहुने रैछ क्यारे भन्ने लाग्थ्यो।

त्यसपछि २०५८ सालमा माओवादी गाउँ आए। गाउँमा माओवादी मात्रै आएनन उनिहरूले माओ भनेका छिमेकी चीनका हुन् उनले क्रान्ति गरेर सर्वहारा वर्ग सत्तामा पुगेको बताउँथे र नेपालमा पनि सर्वहारा वर्गको अधिनायकत्व स्थपना गर्न माओको सिद्धान्त बोकेको बताउथे । यी सबै कुरा त्यतिबेला म बुझ्दिनथे तर चीनका नेता नी खत्रा हुने रैछ्न के रे भन्ने लाग्थ्यो । समयक्रमले अध्ययनको शिलशिलामा २०६६ सालमा काठमाडौ आएपछि हो मैले out अफ कोर्षको किताब पढ्न थालेको। 

नेपाल चिनियाँ दस्ताबेज बारे सिल्भाँ लेभीले नेपाल अधिराज्यको इतिहास पुस्तकमा लेखेको पढेको थिएँ । ऐतिहासिक बाबुराम आचार्यको ‘चिन,तिब्बत र नेपाल’ पुस्तकमा तीन देश बारे उल्लेख छ । 

बीपी कोइरालाको किताबमा उनले चीनसँग सगरमाथाको विवाद कसरी सल्टाएको देखि माओ सँग भेट्दाको रोचक कुरा पढेको थिएँ । त्यस्तै ज्ञानमणी नेपालको नेपाल-भोटचीनसम्बन्धका केही सांस्कृतिक पक्ष’ पुस्तकमा  भिर्कुटीबारे नयाँ तथ्यहरू समेत उत्तरी छिमेकीबारे पढेको थिएँ ।त्यस्तै महेशराज पन्तले चीनबारे लेख्नुभएको लेखहरू केही पढेको छु। त्री रत्न मानान्धरको  ‘नेपाल भोट विवाद’मा कसरी १९४२ मा युद्ध रोकियो भन्ने बारे उल्लेख छ । 

हालको चीनको निर्माता जसले आधुनिक चीनको खाका कोरे ‘देङ सियाओ पेङ’बारे अच्यूत कोइरालाको अनुवाद कृति पढेको थिएँ ।पछिल्लो समय चिनले नेपाललाई गरेको व्यवहारबारे पत्रकार बाबुराम विश्वकर्माको ‘भु राजनीतिको भार’ र अर्का पत्रकार सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’ अनि ‘हिमालपारीको हुरी’ पुस्तक पढेको थिएँ । 

 मैले चीनबारे अनुसन्धानकर्ताले अनुसन्धान गरेका कृति र विश्लेषण गरिएका कृति केही पढेको छु । चिनियाँहरूले नेपालबारे लेखेको मैले पढेको छैन । तर चीन बारेनै लेखिएको Yuen Yuen Ang को  How China Escaped the Poverty Trap पुस्तक पढेको थिएँ । त्यस्तै Justin Yifu Lin को New Structural Economics: A Framework for Rethinking Development and Policy किताब पनि पढेको थिएँ ।

यी दुबै किताब आर्थिक विकाससङ्ग संबंधित भए ।  पहिलो किताबले कसरी चीनले प्रयोग गर्दै system बसायो भन्ने छ भने दोस्रो बजारमा राज्यको भूमिका हस्तक्षेपकारी नभै कसरी सहजीकरण गर्ने भैराको छ भन्ने बारे व्याख्या गर्छ । त्यस्तै ‘वान बेल्ट वान रोड’ अहिले ‘बीआरइ’बारे बनेको डकुमन्ट्रीहरू हेरेको थिएँ । 

नियमित रूपमा  ‘ग्लोबल टाइम्स’, ‘द इकोनोमिष्ट’ र ‘द न्यूयोर्क टाइम्स’ले प्रकाशन गरेको समाचारको आधारमा मेरो धारणा बनेको छ । मैले चिनियाँहरू सँग प्रत्यक्ष कुराकानी हाल सम्म गरेको छैन बरू चिनियाँ सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे २०८० जेठ १५ गते समाचार प्रकाशित गरेको थिएँ । https://www.ukeraa.com/news/detail/133804/

 

झन २०८० चैत ७ गते  https://ukeraa.com/news/detail/145459/ कामै नसकिई' पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब रुपैयाँ ठेकेदारलाई दिलाउन चिनियाँ दूतावासै सक्रिय समाचार लेख्दा चिनियाँहरूप्रति मेरो केही प्रश्नहरू उठेका थिए । 

मलाई के लाग्छ भनेँ पत्रकारले आफ्नो देशको अन्य  देशसँग कस्तो सम्बन्ध छ अन्यत्रको नजानेपनि नेपाल  प्रत्यक्ष सरोकार राख्ने छिमेकी हुन् या नेपाली जाने देशमा बढ्ता चासो राख्नु पर्छ भन्ने लाग्छ ।  अन्य देशले हामीलाई नियतबश वा परिस्थितिवश व्यवहार गरेका हुन् भन्ने कुरा बुझ्नु पर्छ भन्ने पनि  लाग्छ । 

नेपाली मिडियामा चीन 

मैले २०७४ बाट मात्रै पत्रकारिता शुरू गरेको हुँ । नेपाली मिडियामा चीनबारे एकदमै कम रिपोर्टिङ भएको देखिन्छ। हिमालखबरले २०७८ को असोज अंकमा    चीन बारे बिशेशासंक छापेको थियो। यस अकंले नेपाल चीन एकसरो बुझ्न सामाजिक, आर्थिक, भौगोलिक, ऐतिहासिक सास्कृतिक तवरबाट बुझ्न सिकाउछ । 

त्यस विशेषांकमा  पनि इतिहासका  र आर्थिक सम्बन्धका कुराहरू मूलभुत रूपमा उल्लेख गरिएका छन् । 

अन्य मिडियामा फाट्टफुट्ट चीनबारे आएको त छ तर चीनलाई चिनेजसरी आएको छैन। 

मूल त नेपाली मिडियाले चीनसँग ऐतिहासिक कुरा र आर्थिक कुरा क्रिटिकल्ली होइन औपचारिक समाचार मात्रै आउँछन् ।

एउटा उदाहरण, 

 यही वर्षको असार ८ गते चिनियाँ टोली निर्माणाधीन सुख्खा बन्दरगाहमा आयो। चीनले नै निर्माण गरिरहेको बन्दरगाहमा आफ्ना पक्षलाई भविष्यमा हुने ‘मनसुन’ जानकारी पनि दियो। चीनले मौसम फेरबदल हुन सक्ने भन्दै सतर्क रहन सुझाएको थियो। यसबारे  जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बत तर्फका आफ्ना समकक्षीसँग मनसुनबारे औपचारिक र अनौपचारिक कुरा गरे।चीन तर्फबाट मौसमबारे कुनै जानकारी आएन। सूचना आएन तर बाढी आयो।https://ukeraa.com/news/detail/163274/

 

मिडियाले उठाउन नसकेको कुरा 

 जसरी अन्य देशले गरेको काम बारे बिबेचना हुन्छ चिनियाँ बारे नेपाली मिडियामा भएको देखिदैन। चिनियाँ कम्पनीहरूको अपारदर्शी व्यवहार बारे मूलधारका मिडियाले सम्सदिय समितिले काम गर्न थालेपछि मात्रै औपचारिक समाचारहरू लेखे । चिनियाँ कम्पनिको भ्रष्ट आचरण, नेपालमा सङ्गठित अपराधमा बढ्दो चीनियाहरूको संलग्नता र चिनिया पक्षको मौनता लगायतका पक्ष लुकेका विषय हैनन्। नेपाललाई आधारभूमी बनाएर भारतीय नागरिकले फैलाएको सङ्गठित अपराधको जालो जसरी भत्किएका छन् चिनिया नागरिकले फैलाएको जालोभित्र नेपालको राज्य संयन्त्रले चियाउन समेत सकेको छैन। यश बारे नेपाली मिडियामा समाचार आउन सकेको देखिदैन। 

चीनले दिने ऋण र गरेको पछिल्ला काम नेपालमा आलोच्य अनि शङ्कास्पद छन्।त्यस्तै सुन काण्डको जालो, अबैध डलर ओसार पोसार, कल सेन्टरको धन्दा, नक्कली नागरिकताको काण्डमा खास लेख्न सकेको देखिदैन। 

https://ukeraa.com/news/detail/153387/

यही विषयमा भारतियाबारे खुलेर लेखिन्छ नेपालमा तर चीनबारे नेपालमा लेख्न डराइन्छ! पछिल्लो समय चीनले पत्रकारलाई घुमाउन लगेको पनि देखिन्छ तर भाषाको कारण हो या कसिलो चिनियाँ नीति भएको कारण हो नेपाली मिडियामा चीन रहस्यमयी जसरी प्रस्तुति गरिन्छ। चिनियाँ अधिकारीको नेपालबारे खुलेर आएको अन्तर्वार्ता पछिल्लो समय मैले पढ्न पाएको छैन! रिपोर्टिङमा त हामी निकै पछि छौँ जस्तो लाग्छ । 

पश्चिमा मिडियाले चीनबारे आर्थिक रूपमा चीनले मारेको छलाङ अनि नयाँ नयाँ अविस्कारहरू बारे आइरहन्छ अझ उनिहरूको त अगामी भबिस्य चीनकै रहेको समेत भन्न भ्याउछ्न केहीले शन्का गर्छन् । नेपालमा चीनमा गएकाहरूले पनि त्यहा भएका विकासबारे कुरा गर्छन् तर त्यहाँको सामाजिक, राजनीतिक र कुटनैतिक रिपोर्टिङ आएको देखिदैन होला! हुन त चीन पो हाम्रो लागि महत्त्वपूर्ण उनिहरूका लागि हामी के हौ सला मलाई था छैन! हुन त कतिपय कुरा कुटनैतिक हुन्छन् जवाफ आउदैनन त्यसमाथि china बाट झन आउदैन त्यसैले प्रत्यक्ष हाम्रो सरोकार जोडिएको विषय लिपुलेक बारे चिनियाँ धारणा मिसिएको समाचार मैले पढेको छैन।  

मेरा केही बुझाईहरू छन्, पहिलोचीनले यति सहयोग गर्यो भनेर आउँछ तर चीनबारे भु राजनीतीज्ञ हरूकै प्रष्ट धारणा छैन त्यसकारण समाचार कम आएका छन् । 

दोस्रो चीनबारे लेख्ने बिज्ञहरू समेत चिनको विकास बारे मोहित भएर लेख्ने अनि हामीले के गर्यौँ भने चीनलाई अप्ठ्यारो पर्छ भनेर लेख्ने तर चीनले के नगर्दा हामी जस्तो सानो राष्ट्रलाई असर परेको छ लेखेको देखिदैन । मलाई लाग्छ हामी मिडियाकर्मी समेत  सानो र गरिब देश भनेर यति डराएका छौँ की हामीले आफ्नो देशको तर्फबाट सोच्नै सकेका छैनौँ । सरकारले त आफ्नो कुरा प्रष्ट राख्दैन नै विज्ञ र मिडियाले समेत हाम्रा अप्ठ्याराहरू उल्लेख गर्न सकेका छैनौँ । 

तेस्रो नेपालका विज्ञहरू चीन पक्षधर र भारतपक्षधर देखिन्छन् एक थरी विज्ञहरू चीनले जे गरेपनि ठीक चिनियाँ कम्युनिष्ट पार्टीले कुनै अमुक दलका नेता राखेर तालिम दिँदा ज्ञानको हस्तान्तरण सम्झिन्छन् तर यही कुरा अन्य देशले गरेर फलानो देशको दलाल भनेर करार गरेको देखिन्छ । तसर्थ विज्ञहरू विभाजित भइदिंदा मिडिया समेत बायस देखिन्छ ।

चौथो राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनेर लेख्ने पनि नभएका होइनन् । लिपुलेकमा चिनको मौनताको विरोध गर्ने नेपाली मिडियाले चीनले नेपालमा बढाएको लगानीको अन्यत्र देशको जस्तै समर्थन गरेको देखिन्छ । 

तसर्थ नेपाली मिडियामा चीनबारे कम सामाग्री आउँछ आएका पनि चीनलाई चिनेर आएको देखिदैन । सतही सूचना र चीन तर्फ अलि झुकेका विज्ञहरूको राय आएको देखिन्छ । 

अन्त्यमा, तपाईं पनि पत्रकार किन लेख्नु भएन त भन्ने होला पत्रकारका पनि आफ्नै सिमा हुँदा रहेछन् अनि बिट हुन्छ भु राजनीति पढ्न मन लाग्छ तर लेख्ने हैसियत अलि बनाएको छैन । लेखेँ भने कसैलाई 'बोक्ने' कसैलाई 'ठोक्ने' चाहिं गर्ने छैन । 






Comments

Popular posts from this blog

सौरभको ‘असहमती ३' मा मेरो असहमती

Impact of exports on gross domestic product in Nepal

Paper Review : Dean Yang's paper, "Migrant Remittances”