Posts

Showing posts from May, 2026

बुद्ध दर्शन र अर्थशास्त्र : सम्यक् आजीविकादेखि दिगो विकाससम्म

Image
  प्रजु पन्त  बुद्धको समयमा भिक्षुहरूलाई तीन जोर कपडा दिइन्थ्यो। बुद्धले जुनसुकै वस्तुको उपभोग पनि किफायती तरीकाले प्रयोग गर्नु सुझाउँथे।   एक दिन एक भन्ते बुद्धलाई चीवर (लगाउने लुगा ) सकिएको भन्न गए।  बुद्धले सोधे, ‘पुरानो चीवर कसरी फाट्यो?’ ती भन्तेले भने, ‘हल्का फाट्न थालेको थियो, त्यसलाई तन्ना बनाएँ।’ बुद्धले फेरि सोधे, ‘त्यसपछि?’  भन्तेले भने, ‘त्यो पनि च्यातिएपछि भुईँ सफा गर्ने पोछा बनाएँ। त्यो पनि झुत्राझुत्रा भएपछि रातमा उज्यालोको लागि बत्ती बनाएर बालेँ।’ कपडाको पूरै उपभोग भयो। त्यो पनि भिन्न भिन्न परिस्थितिमा। अर्थशास्त्रमा ‘सस्टेनेबल कन्जम्सन’ (दिगो उपभोग) र सर्कुलर इकोनोमी (चक्रीय अर्थतन्त्र) को चर्चा हुने गर्छ। कुनै पनि वस्तुको उत्पादन गरेपछि लामो समयसम्म प्रयोग गर्नु पर्ने मान्यता चक्रीय अर्थतन्त्रले गर्छ। वस्तु उपभोगका लागि साझेदारी गर्ने, प्रथम पटक प्रयोग गरेपछि पुनः मर्मत गरेर प्रयोग गर्ने, अझ मिल्छ भने त्यसलाई रिसाइकल गरेर पुनः प्रयोग गर्नु पर्ने बताउँछ।  प्राकृतिक स्रोतको अत्याधिक दोहन भएकाले त्यो रोक्न अत्याधिक उपभोगलाई कम गरेर दिगो ...