Posts

Showing posts from June, 2025

कमेरेड हैन ! झोले केपी ओलीको नाममा

प्रजु पन्त   प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो ।’ प्रधानमन्त्रीले नै म झोले हो लेखेपछि उनी आबद्ध पार्टीका पदधिकारी देखि कार्यकर्ताले ‘म झोले हो’ भन्ने ट्रेण्ड नै चलाएका छन् । चूडामणि  गौतमको ‘बृहत्तर शब्दकोश’ अनुसार  झोलेको अर्थ १. ‘झोल भएको; रसदार । २. झोला लिएर वा भिरेर हिड्ने ; मामुली  भन्ने जनाउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार मामुलीको अर्थ निम्न तहको, नगन्य, महत्त्वहीन भन्ने जनाउँछ ।   उनको स्टाटस अनुसार उनले दोस्रो प्रकारका झोले हुन् । कम्युनिष्ट नेतालाई कमरेड भनेर सम्वोधन गरिन्छ । नेता हुन् या कार्यकर्ता सबैलाई समान ठान्ने कम्युनिस्ट सिद्धान्त अनुसार नै सबै कार्यकर्तालाई एक अर्कालाई सम्बोधन गर्दा कमरेड भनेर सम्वोधन गर्थे । एमालेमा पनि एक अर्कालाई सम्वोधन गर्दा कमरेड नै भनिन्थ्यो जब केपी ओली अध्यक्ष भए उनले आफूलाई ‘केपी बा’ भनेर सम्वोधन गर्न लगाए । उनले यसै ‘केपी बा’...

वैदशिक सहयोग घटेको घट्यै, सरकार अर्काको मुख ताकेको ताक्यै

   प्रजु पन्त   दोस्रो विश्वयुद्ध सकिएको दुई वर्ष पछि सन् १९४७ मा अमेरिकाले युद्धबाट ग्रस्त देशहरूलाई ठूलो मात्रामा अनुदान र सानो मात्रामा ऋण उपलब्ध गरायो । यसलाई अमेरिकाले ‘मार्सल प्लान’को उपमा दिएको थियो । शुरूवातमा युद्ध ग्रस्त देशलाई सहायता प्रदान गरेतापनि अन्य देशमा फैलिन धेरै समय लागेन । अमेरिकी सहयोग नेपाल पनि आइपुग्न धेरै समय लागेन । सन् १९५१ मा नेपाललाई अमेरिकाले ‘पोइन्ट फर फोर प्रोग्राम’ अन्तर्गत सहयोग गर्यो ।    जस अन्तर्गत सडक,सञ्चार, कृषि र मलेरिया कार्यक्रम समावेश थिए । त्यसपछि अमेरिकी सहयोग मात्रै होइन अन्य देशको सहयोग समेत नेपालमा आएको आयै गर्यो ।  राजा महेन्द्रको पाला देखि अहिलेका सरकारले समेत विदेशी सहयोगका लागि दौडधुप गरेका गर्यै छन्  ।    ‘मार्सल प्लान’ बाट विश्वभर शुरू भएको अमेरिकी सहयोग अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि ट्रम्पले अन्य देशमा दिएको सहयोग ‘ठगी भएको, अमेरीकी करदाताले दिएको सहयोग सही उपयोग नभएर भ्रष्टाचार’ भएको आरोप लगाए । यति मात्रै होइन उनले धेरै विदेशी सहयोगका कार्यक्रमहरू रोकिदिएपनि । ट्रम्पले मात्रै ह...

भु– राजनीति खेलमा चेपिएको नेपालको उर्जा

  प्रजु पन्त   काठमाडौँ : द्वितिय विश्वयुद्ध   सकिए सङ्गै विश्व बद्लियो हामी बद्लिएनौँ। शक्ति राष्ट्रको शैली बद्लियो नेपाली शासकको शैली बद्लिएन। प्रथम विश्वयुद्धमा ठूलो संख्यामा नेपालीहरू लडाइँमा पठाएर मोटै रकम तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुम्लाए   । द्वितीय विश्वयुद्धमा पनि सौदाबाजी भयो। विश्व युद्ध सकिएर शक्ति राष्ट्रहरू सफ्ट पावर   ( प्रजातन्त्र , स्वतन्त्रता , शिक्षा , प्रविधि , संस्कृति )  लिएर साना अनि प्राकृतिक स्रोत अत्याधिक भएका देशमा छिरे   ।   उनिहरूले अनेक नाउँमा साना देशलाई अचेँटे।   साना देश आफ्नै शरीरको सुगन्ध थाहा नपाएरै अचेँटिरहेका छन् ! युद्धको समयमा   मोटो रकमसँग नेपाली युवा साट्ने शासक अनि   अहिलेका नक्कली शरणार्थी र भिजिट भिषाको आवरणमा मोटो रकम असुली गर्ने शासकको चरित्र बद्लिएको छैन। अन्य देशले विकास र शक्तिका लागि काम गरिरहँदा नेपाली शासक भने जनता बेच्दै ‘ असुलीमै ’ रमाइरहेका छन्। अहिले पनि   कुनै न कुनै देशमा गृहयुद्ध देखि सिमानाको देशसङ्ग युद्ध भइरहेको छ। त्यसमा शक्ति राष्ट्रहरूको प्रत्...