Posts

Showing posts from July, 2026

वालेन्द्र शाहको स्वेच्छाचारी शासनबाट लोकतन्त्र कसरी जोगाउने ?

Image
      ब्रेकर :  जेनजी विद्रोह पछि प्रचण्ड बहुमतका साथ संघिय लोकतान्त्रिक  गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका वालेन्द्र शाहको पहिलो सय दिन लोकतन्त्रका लागि सुखद देखिएका छैन । सदन प्रति जवाफदेयी नभइ सिंहदरबारबाट हुकुमी शैलीमा शासन चलाएका शाहले लोकतन्त्रका खम्बाहरू शक्त्ति पृथकीकरण, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, जनताको लागि सरकार र  बलियो प्रतिपक्षी लगायका मूल्यमान्यतामा अडिग रहने छाँटकाँट देखाएका छैनन् । जसले गर्दा कतै उन्नत लोकतन्त्रमा जिउने नेपालीको उतकण्ठ चाहनामा कुठाराघात हुने त हैन भन्ने शंका उब्जाएको छ ।  प्रजु पन्त  काठमाडौँ । प्राध्यापक डा. धर्म अधिकारी नेपाल पूर्ण लोकतान्त्रिक मुलुक नभएको बताउँछन् । उकेरासँग कुराकानीमा अधिकारीले नेपाल, इजरायल र सिंगापुरमा एकै खाले लोकतन्त्र भएको बताएका थिए । उनका अनुसार यि देशहरूमा न पूर्ण लोकतन्त्र छ न त अधिनायकबादी शासन नै । अधिकारी यसलाई हाइब्रिड लोकतन्त्र भन्न रूचाउँछन् ।  जेनजी विद्रोह भएपछि प्रचण्ड बहुमत ल्याएर सत्ताको बागडोर समालेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता व...