Posts

Showing posts from October, 2026

जलवायु परिवर्तन र अर्थतन्त्रबीचको सम्बन्ध

Image
  प्रजु पन्त   पहिलो ,   यहि भदौ १० गते लाङटाङ -लिरूङ हिमालमा हिम चट्टान सहितको बाढी जाँदा ठूलो जनधनको क्षति भयो । हजार बढिको ज्यान गयो भने १० हजार भन्दा बढि व्यक्तिहरू बेपत्ताको सूचिमा छन् । मानविय क्षति त भयो नै आर्थिक क्षति समेत ठूलो भयो । सरकारले गरेको अनुसन्धान अनुसार   ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आँकलन गरिएको छ। उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ। नेपालको कुल ग्राहस्थ उत्पादन ६६ खर्बको हो   बाढीका कारण   कुल ग्राहस्थ उत्पादनको ६.६९ प्रतिशत क्षति भएको छ भने   ११ प्रतिशत पुनर्निमाणका लागि खर्च लाग्ने आँकलन गरिएको छ ।   दोस्रो , २०८१ सालमा तराईमा बाढी , पहिरो मधेश प्रदेशको कृषि क्षेत्रमा रु. ५.३३ अर्ब क्षति भयो भने   ४२ , ०६९ हेक्टर धानबाली प्रभावित भयो । जसले गर्दा   तरकारी , फलफूल र उखुमा   क्षति भएको थियो ।    तेस्रो , इसिमोडको अध्ययन अनुसार इम्जा हिमताल दूधक...