Posts

नेपालको पहिलो बैंकको रोचक ‘कथा’ : २१ वर्ष भारतीय व्यवस्थापक, ग्राहकको पैसादेखि चेक चोरीसम्मका काण्ड ( इतिहास )

  प्रजु पन्त   विक्रम संवत् १९९०, राणा शासन। बेलायतका लागि  नेपाली दूतावासमा सचिव पदमा कार्यरत थिए गुञ्जमान सिंह। दूतावासको बैंकिङ कारोबार उनैले गर्थे। त्यहीबेला उनले बेलायतको व्यवस्थापकसँग बैंकिङ प्रणालीबारे बुझ्ने मौका पाए। वि.सं. १९९३ मा उनी आफ्नो कार्यकाल सकाएर नेपाल फर्किए। सिंह मौद्रिक स्थिति औद्योगिकीकरणको निमित्त चाहिने आर्थिक लगानी तथा व्यापारिक क्षेत्रमा  समेत विविधीकरण हुनुपर्ने बुझेका थिए। १९९० देखि नै आर्थिक सुधार नगरीकन पुरानै शैलीले चल्न सक्ने अवस्थामा थिएन। राजनीतिक चेतना बढिरहेको थियो। बदलिँदो राजनीतिक परिस्थितिको भेललाई त्यति बेलाको सत्ताले थेग्न सकिरहेको थिएन। राज्यको आयआर्जनको बाटो समेत बदलिँदै थियो। अन्य मुलुकमा औद्योगीकरण तीव्र रूपमा अगाडि बढिरहेको थियो। अन्य देशले औद्योगिकीकरणबाट मनग्गे आम्दानी गर्न थालिसकेका थिए। त्यता वित्तीय कारोबारका शैली समेत बदलिएर आधुनिकतातिर प्रवेश गरिसकेको थियो। सिंहले त्यति बेलाका प्रधानमन्त्री जुद्ध शमशेरसमक्ष बैंक खोल्दा औद्योगिक विस्तार हुने र सिँचाइका लागि बैंक चाहिने सुझाव दिए। जुद्ध शमशेर उनको कुरामा सहमत भए। अन...

युवाहरूसँग डराइरहेका प्रधानमन्त्री ओली

Image
प्रजु पन्त एक/दुई वर्षअघिको होइन , ५४ वर्षअघिको कुरा हो। २०२७ साल। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली उमेरले १९ वर्ष मात्रै थिए। पहिलो पटक उनी झापाबाट गिरफ्तारीमा परे। गिरफ्तारीको कारण थियो तत्कालीन सरकार विरुद्ध गतिविधि गर्नु। त्यसपछि केपी ओली धेरै पटक पक्राउ परे। पटक-पटक पक्राउ परेका उनी १४ वर्ष त जेल जीवन नै बिताए। युवा जोसमा सत्ताको विरोध गर्नु मात्रै हैन त्यसका लागि जीवनै दाउमा राख्नु चानचुने काम थिएन , उनले राखे। लोकतन्त्रका लागि लडेको बताउने उनै केपी ओली अहिले सत्ताधारी छन्। तर उनी तिनै युवा जोससँग डराइरहेका छन्।       धेरै पर नजाऔँ , उनको पार्टीमा उनको विरोध गर्नेलाई के गरे त्यता पनि नजाऔँ , अहिलेका दुई घटना मात्रै हेरौँ। पहिलो घटना , गौरा पर्वको दिन काठमाडौंका केही युवाले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे। चर्को नाराबाजी गरे पनि शान्तिपूर्ण विरोध गरेका युवाहरूलाई  प्रधानमन्त्री ओलीले थुने। लोकतन्त्रमा सरकारको विरोधलाई सामान्य मानिने भए पनि ‌ओलीलाई सामान्य लागिरहेको थिएन , र त उनीहरू थुनिए। सुरक्षा निकायका अधिकारीहरूका अनुसार प्रधा...

बौद्ध मार्गीको अष्टमहास्थान केही कथ्य केही तथ्य- ज्ञानको प्यासले बुद्ध बनेका राजकुमार सिद्धार्थ

Image
प्रजु पन्त   त्यो कुनै मामुली त्याग थिएन।  कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले सदाको लागि राजसुख त्याग्दै थिए ।राजसुख मात्रै होइनछोरा राहुल लिएर निदाइरहेकी श्रीमती यशोधरा,बुबा शुद्धोदन र कान्छी आमा प्रजापतीलाई समेत त्याग्दै थिए।  कपिलवस्तु जस्तो सम्पन्न राज्य सदाको लागि त्याग्नु सानो कुरा थिएन । किनभने शुद्धोदन पछि राजा उनै हुने थिए ।  सत्ता र सुखको लागि आज मात्रै होइन बुद्धकालमा पनि युद्ध हुन्थयो नै तर  ज्ञानको भोकले तिर्खाएको ‘भोकोलाई’ सत्ताको के मतलव ? ज्ञानको प्यासले  सम्पत्ति सुख, यौन सुख, शत्ती सुख, सम्बन्ध सुख उनका लागि फिक्का फिक्का हुन थालेको धेरै भइसकेको थियो । अन्तत भब्य दरबारको सुखसयल  छाडेर सिद्धार्थ गौतम दक्षिण तिर हानिए । त्यतिबेला न त नेपाल भन्ने देश थियो न त भारत भन्ने देश नै । त्यतिबेला त कपिलवस्तु भन्ने ठूलो राज्य थियो ।सिद्धार्थ गौतम त्यही देशका राजकुमार थिए  अथार्त हुने वाला राजा । यो एक शताब्दी दुई शताब्दी अघिको कुरा होइन । आजभन्दा झण्डै २६ सय वर्ष अघिको कुरा  हो । राजा शुद्धोदन तत्कालिन गणराज्य कपिलवस्तुका राजा थ...

झाँसीकी रानीझैँ बहादुर राजेन्द्रलक्ष्मीलाई साहसीको सट्टा इतिहासकारले उताउली बनाए

Image
  BY PRAJU PANTA भारतको झाँसीकी रानीबारे पढेर उत्साहित हुने नेपालीहरूका माझ राजेन्द्रलक्ष्मी शाह भने खलनायकको रूपमा चित्रित छिन्। इतिहासकारहरूले अन्य रानीहरूभन्दा राजेन्द्रलक्ष्मीलाई केही स्थान दिएका छन्। उनीबारे पाठ्यपुस्तकमा ४ लाइन भए पनि पढ्न पाइन्छ। तर व्याख्या भने पृथ्वीनारायण शाहको ‘ राज्य एकीकरण’मा बाधा दिने महिलाको रूपमा। उनलाई बाधकको रूपमा उल्लेख गर्दागर्दै पनि इतिहासका पानामा सुरक्षित उनका बहादुरीको गाथाले उनी नेपालकी झाँसीकी रानीभन्दा कम हैनन् भन्ने पुष्टि गर्छ। तै पनि एकाथरी इतिहासकारहरूले बहादुर शाहलाई राज्य सञ्चालनको अधिकार नदिएर एकीकरण अभियानमा बाधा दिएको, पारिवारिक कलहमा अल्झाएको अनि श्रीमान्को मृत्युपछि पुरुषको सिको गर्दै सैनिक पोसाक लगाएर घोडा चढेर डुल्ने अनि प्रेमी बनाउने गरेको भन्दै उनको योगदानलाई छायामा पार्ने प्रयास गरियो। प्रयास अझै जारी छ। राजेन्द्रलक्ष्मीको शासन गर्ने स्वभाव पो थियो की? बहादुर शाहमा जस्तै राष्ट्रभक्ति भावना पो थियो की? अझ देशको सिमाना फैलाउने रहर पो थियो की? भन्ने पाटोतिर कमै इतिहासकार प्रवेश गरेका छन्। तर इतिहासका जानकारहरूले पृथ्वीनारायण ...